सुन ताेलाकाे ५ सय रुपैयाँले घट्यो

  २०७७ असार १९ गते ११:३४     विकासन्युज

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहिबारकाे तुलनामा सुनकाे भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारकाे लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीकाे भाउ बिहिबारकाे तुलनामा १० रुपैंयाले घटेकाे छ । बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.