स्मार्ट टेलिकमको अफरः ३ रुपैयाँ ८३ पैसामा १ दिनभर भ्वाइस कल, २ सय ५४ रुपैयाँमा ४ जिबी डेटा

  २०७७ असार १९ गते ११:१३     नबिन पोखरेल

काठमाडौ । स्मार्ट टेलिकमले ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकेजमा विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।

स्मार्टको मोबाइल प्रयोगकर्तालाई पनि उसले प्रदान गरेका प्याकको बारेमा जानकारी नहुन सक्छ । स्मार्टले भने ग्राहकलाई सहुलियत दिनको लागि विभिन्न प्रकारका सुविधा भने प्रदान गरिरहेको हुन्छ ।

डाटा प्याकहरु

स्मार्ट टेलिकमले ग्राहकहरुलाई ‘स्मार्ट डाटा प्याक्स’ नामक योजनाबाट सेवा दिइरहेको छ ।

स्मार्ट टेलिकमको २० जिबी डाटा ५ सय ९ रुपैयाँमा किन्न सकिन्छ । उक्त डाटा प्याकेज एक महिनाको अवधिसम्म प्रयोग गर्न सकिन्छ ।

दुई सय एमबी डाटा

ग्राहकहरुले २ सय एमबी डाटा ११ रुपैयाँ ४९ पैसामा प्राप्त गर्न सक्छन् । सो प्याक १ दिनसम्म चलाउन सकिनेछ ।

३७ रुपैयाँमा हजार एमबी डेटा

ग्राहकहरुले ५ सय एमबी डाटा खरिद गर्दा थप ५ सय एमबी नै डाटा प्राप्त गर्न सक्छन् । सो योजना एक दिनका लागि मात्र मान्य हुनेछ । उक्त योजनाको मूल्य ३७ रुपैयाँ ३ पैसा रहेको छ ।

८८ रुपैयाँमा २ जीबी डेटा

वान जिबी प्लस वान जिबी योजनामा ग्राहकहरुले एक जिबी डाटा लिदा थप एक जिबी सित्तैमा प्राप्त गर्न सक्नेछन् । यस योजनाकोलागि ८८ रुपैयाँ ११ पैसा लाग्छ भने ७ दिनसम्म यस योजनाले काम गर्छ ।

वान जिबी प्लस वान जिबी

स्मार्ट टेलिकमकै अर्को पनि वानजिबी प्लस वान जिबी योजना संचालनमा छ । सो योजना अन्र्तगत वान जिबी डाटा लिदा अर्को थप वान जिबी डाटा प्राप्त हुने व्यवस्था छ । यस योजना १ सय १३ रुपैयाँ ६४ पैसामा सुचारु गर्न सकिन्छ यसको समय अवधि १५ दिनसम्म हुन्छ ।

दुई जिबी प्लस दुई जिबी

यस योजना अन्र्तगत ग्राहकहरुले २ जिबी डाटा खरिद गर्दा अर्को २ जिबी डाटा पाउँन सक्नेछन् । यस योजना संचालन गर्न २ सय ५४ रुपैयाँ १० पैसा लाग्छ भने उक्त डाटा ३० दिनसम्म चलाउन सकिन्छ ।

४ सय ७० रुपैयाँमा १० जिबी डेटा

यस योजनामा ५ जिबी डाटा किन्दा अर्को ५ जिबी डाटा पाउन सकिन्छ । उक्त योजना अनुसार ३० दिनसम्म डाटा चलाउन सकिन्छ । ४ सय ७ रुपैयाँ ३३ पैसा तिर्नुपर्छ ।

भ्वाइस प्याक

अनलिमिटेड वान डे

यस योजना अन्तर्गत स्मार्ट टेलिकमका सिम कार्ड बोक्ने ग्राहकहरुले ११ रुपैयाँ ४९ पैसामा १ दिनसम्म भ्वाइस कल गर्न सक्नेछन् ।

अनलिमिटेड भ्वाइस सेभेन डेज

यस योजना अनुसार ग्राहकहरुले ३७ रुपैयाँ ३ पैसामा ७ दिनसम्म भ्वाइस कल गर्न सक्नेछन् ।

भ्वाइस अनलिमिटेड ३० डेज

यस योजना अनुसार ग्राहकहरुले १ सय २६ रुपैयाँ ४१ पैसामा ३० दिनसम्म भ्वाइसकल गर्न सक्ने छन् ।

डेल्ली रेन्टल भ्वाइस प्याक

यस योजना अनुसार स्मार्ट टेलिकममा ग्राहकले ३ रुपैयाँ ८३ पैसामा १ दिनभर भ्वाइस कल गर्न सक्ने छन् ।

स्मार्ट एसएमएस प्याक्स

साढे ११ रुपैयाँमा महिनाभर एसएमएस

स्मार्ट टेलिकमले सो योजना अनुसार ११ रुपैयाँ ४९ पैसामा एक महिनासम्म एसएमएस गर्न मिल्ने योजना संचालन गरिरहेको छ ।

३ हजार एसएमएस, स्मार्ट टु स्मार्ट

यस योजना अनुसार प्रयोगकर्ताले ३ हजार एसएमएस गर्न सक्छन् । उक्त एसएमएस स्मार्ट टेलिकमको एक सिमबाट अर्को सिममा गर्न मिल्छ । ग्राहकले २५ रुपैयाँ ५४ पैसामा उक्त योजना सुचारु गर्न सक्छन् ।

स्मार्ट रिचार्ज

१ सय

यस योजना अनुसार ग्राहकले १ सयको रिचार्ज गर्दा २ सय एमबीमा थप २ सय एमबी डाटा पाउन सक्ने व्यवस्था रहेको छ । सो योजना अनुसार १० मिनेको टक टाइम तथा १० वटा एसएमएस गर्न सक्ने छन् । यो योजना रिचार्ज गरेको ७ दिनसम्म लागू हुन्छ ।

२ सय

२ सयको रिचार्ज गर्दा ४ सय एमबी र थप ४ सय एमबी डाटा तथा २० मिनेट टक टाइम र २० वटा एसएमएस गर्न सकिन्छ । यो योजना १५ दिनको लागि लागू हुन्छ ।

५ सय

५ सयको रिचार्ज गर्दा साढे १ जिबी र थप साढे एकजिबी डाटा पाउन सकिन्छ । उक्त रिचार्ज गर्दा सय मिनेटको टक टाइम तथा सय वटा एसएमएस गर्न मिल्छ । रिचार्ज गरेको ३० दिनसम्म यो योजना लागू हुन्छ ।

१ हजारको रिचार्ज

एक हजारको रिचार्ज गर्दा ३ जिबी डाटा तथा थप ३ जिबी डाटा ग्राहकले पाउन सक्छन् । यस्तै, २ सय मिनेट टक टाइम तथा २ सय वटा एसएमएस गर्न मिल्छ । सो योजना रिचार्ज गरेको ३० दिनसम्म लागू हुन्छ ।

५ स्मार्ट अल नेट भ्वाइस प्याक

वान डेप्याक

सो योजना अनुसार १२ रुपैयाँ ७७ पैसामा प्रयोगकर्ताले एक दिनसम्म १२ मिनेट कुराकानी गर्न सक्नेछन् ।

३० दिन प्याक

यस प्याकमा प्रयोगकर्ताले १ सय २६ रुपैयाँ ४१ पैसामा १ सय २० मिनेट भ्वाइस कल गर्न सक्नेछन् ।

६ विक्ली कम्बो डाटा प्याक

स्मार्ट टेलिकमको सो योजना अन्र्तगत ३ जिबी डाटा प्लस अनलिमिटेड भ्वाइस कल गर्न मिल्छ । उक्त योजना ९८ रुपैयाँमा संचालन गर्न सकिन्छ । यो योजना ७ दिनको लागि लागू हुन्छ ।

७ लकडाउन प्याक

लकडाउन प्याक ३ सय ८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सकिन्छ । सो योजना अन्र्तगत ४५ जिबी डाटा प्राप्त गर्न सकिन्छ । स्मार्ट टेलिकमको उक्त योजना ३० दिनको लागि लागू हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.