एकै दिनमा २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

  २०७७ असार १९ गते ६:५१     विकासन्युज

काठमाडौं । विश्वभर एकदिनमै थप २ लाख ८ हजार ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली समय अनुसार शुक्रबार विहानसम्म १ करोड ९ लाख ७३ हजार ८ सय ६४ जना कोरोना संक्रमित पुगेका छन् ।  संसारभरी उपचार पछि निको हुनेको संख्या ११ लाख ९१ हजार नाघेको छ ।

संसारभर कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या २८ लाख ३६ हजार ८ सय ४३ पुगेको छ । कोरोनाबाट १ लाख ३१ हजार ४ सय ८० जनाको मृत्यु भएको छ । ११ लाख ९१ हजारबढी उपचार पछि घर फर्किएका छन् ।

भारतमा पछिल्लो २४ घण्टा यता थप २१ हजार ९ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्म १८ हजार २ सयभन्दा बढी मानिसको कोरोना संक्रमण कै कारणबाट मृत्यु भएको छ भने ६ लाख २७ हजार १ सय ६८ जना संक्रमित पुगेका छन् ।

नेपालमा हालसम्म १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट ३१ जनाका्े ज्यान गरेको छ भने ५ हजार ३ सय २० जना उपचार पछि निको भइ घर फर्किएका छन् ।    (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.