नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा प्रवेश, ९० हजार घर परिवारलाई सेवा दिन सफल

  २०७७ असार १८ गते १९:४०     विकासन्युज

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था आजबाट साताैं वर्षमा प्रवेश गरेकाे छ । २०७१ आषाढ १८ गतेबाट आफ्नो कारोबार संचालन गरेकाे यस संस्था छैठाैं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको हाे ।

संस्थाको छैठो बार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय, इटहरी सुनसरी, प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया,बारा प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय, रामनगर,चितवन प्रदेश नं ५ को ट्राफिक प्रहरी कार्यालय, बुटबल,रुपन्देही प्रदेश नं ७ को ट्राफिक प्रहरी कार्यालय, धनगढी, कैलाली लगायत जिल्ला प्रहरी धादिङबेसीलाई कोभिड-१९ बाट बच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब वितरण गरेको छ ।

संस्थाले संचालनको छैठो वर्षको अबधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा ४ अर्ब ३० करोड रूपैयाँ लगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट १ अर्ब ६० करोड रूपैयाँ बचत परिचालन गरेको छ ।

संस्थाले सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत वित्तीय साक्षरतामा मुख्य ध्यान केन्द्रित गरि अगाडी बढेको कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी गराएका छन् ।

हाल कोभिड १९ बाट प्रत्यक्ष रुपमा असर गरेका ग्राहकहरुलाई राहत स्वरुप ५० लाख रूपैयाँ बराबरको खाद्यान्य  समाग्रीहरु वितरण गर्नुको साथै नेपाल सरकारको राहत कोषमा १० लाख सहयोग गरेको कुरा प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.