सरकारका निर्णय: विद्यालय क्षेत्रको विकास गर्न पाैने ३१ करोडको अनुदान स्वीकृत, विदेश जान चाहनेलाई खुल्ला

  २०७७ असार १८ गते १७:१८     विकासन्युज

काठमाडौं । असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । आज सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले असार १५ गते बसेको मन्त्रिरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अर्थात ३० करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृत सूचारु गर्ने निर्णय गरेको छ । बिदामा स्वदेश फर्केका आएका, भिसा अवधि र करार अवधि बाँकी भएकाहरुलाई श्रम स्वीकृति दिने निर्णय गरेको उनले बताए । त्यसका लागि पीसीआर परीक्षण र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेपछि मात्रै श्रम स्वीकृति दिइने उनले बताए ।

कोभिड १९ को जोखिम विश्लेषणका आधारमा संकट व्यवस्थापनका आधारमा जिल्लाका सम्पूर्ण भूभाग वा क्षेत्र सिल गराउन सक्ने अधिकार जिल्लालाई दिइने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले हत्या भइ मृत्यु भएका सर्लाहीका रामजनम रायको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, परराष्ट्र मन्त्रालयमा २ वटा अस्थायी दरबन्दी, जेनेभाका लागि स्वीकृत गरिएको छ भने भूमि सुधार मन्त्रालयको प्रस्तावमा भूमि सुधार आयोग २०७७ स्वीकृत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.