विद्यालय क्षेत्र विकासका लागि ३० करोड ८० लाख रुपैयाँ अनुदान स्वीकृत

  २०७७ असार १८ गते १७:१२     विकासन्युज

काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अर्थात ३० करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहिबार सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले असार १५ गते बसेको मन्त्रिरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३ सय मिलियन डलर अनुदान स्वीकार गरेको बताएका हुन् ।

त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृत सूचारु गर्ने निर्णय गरेको छ । बिदामा स्वदेश फर्केका आएका, भिसा अवधि र करार अवधि बाँकी भएकाहरुलाई श्रम स्वीकृति दिने निर्णय गरेको उनले बताए । त्यसका लागि पीसीआर परीक्षण र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेपछि मात्रै श्रम स्वीकृति दिइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.