नेकपा स्थायी कमिटी बैठक दुई दिन सम्मका लागि स्थगित

  २०७७ असार १८ गते १६:४४     विकासन्युज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । आज केही समयका लागि सुरु भएकाे बैठक २ दिनका लागि स्थगत गरिएकाे हाे ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.