नेपालमा थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्याे

  २०७७ असार १८ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ५ सय १९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ५३ सय २० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३१ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ३३ हजार ७ सय ६४ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर ३८ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार १ सय ३७ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.