स्वास्थ्य बीमा बोर्डबाट पोखरेलले दिए राजीनामा, स्वास्थ्य मन्त्रालयले सहयोग नगरेको गुनासो

  २०७७ असार १८ गते १३:३०     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा गरेका छन् । पोखरेललाई २०७५ भदौ १५ गते मन्त्रिपरिषदले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई सहयोग नगरेको गुनासो गर्दै आएका पोखरेलले अन्ततः पदबाट राजीनामा गरेका हुन् । उनले असार १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको केही समुह नै उनी विरुद्ध खनिएको र सुधारका कार्यक्रम लागू गर्न गराउन असहयोग भएपछि जागिर खाएर मात्रै बस्दिन भन्दै पोखरेलले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.