मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

  २०७७ असार १८ गते १३:०६     विकासन्युज

काठामाडाै‌ं । कोरोना संक्रमणको जोखिमलाई कारण देखाउँदै सरकारले संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन् । पिसिआर टेस्ट पनि गरेको र सांसदहरूको जिल्ला भ्रमण पनि जारी रहेकाले कोरोनाको संक्रमण हुन जोखिम झन् बढेकाले संसद् बैठक अन्त्य गर्ने निर्णय सरकारले गरेको छ।

‘तत्काल सांसदहरूको पुनः पिसिआर परीक्षण पनि सम्भव देखिएन, संसद्को बिजनेस पनि सकिएको र कोरोना संक्रमणको त्रास पनि बढ्दै गएकाले संसद् अधिवेशन स्थगित गर्न सिफारिस गर्ने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक मन्त्रीले भने ।