२०७७ असार १८ गते ८:३७ विकासन्युज
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मी तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ ।
यस परियोजनाको समग्र उद्देश्य कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रका मानिसहरु तथा समुदायका सदस्यहरु सहित करिब ६० हजारलाई सेवा पुर्याउने रहेको छ । यसै सन्दर्भमा हस्तान्तरण समारोह असार १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुको उपस्थितिमा शुरुवात गरिएको हो ।
पहिलो चरणको सुरक्षा सामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् । यस सामग्रीहरुमा विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकलमास्क, को–९५ माक्स १ हजार १ सय ५० थान, ५ सय ५० थान हुडको साथ डिस्पोजेबल कभर्अल, सुरक्षा चस्मा ३ सय वटा, १० हजार जोडी पञ्जा, ४ सय ४० थानसुरक्षा बुट, स्यानिटाइजर २ हजार ५ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४ सय ५० र १५ हजार १ सय १८ थान साबुन रहेका छन् । आगामी २ हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्नेछन् ।
सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाईमा सहयोग गर्न सामग्री सहितउपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका—कोलालाई धन्यबाद व्यक्त गर्दै भने, “यो कठिन समयमा सबैको सहयोग आवश्यक छ र प्राप्त सबै सामग्रीहरु पारदर्शी रुपमा रेकर्ड गरिनेछ भनेर हामी सुनिश्चित गर्न चाहन्छौं र यसको उचितवितरण गरिने छ । नेपाल सरकारले यी सामग्रीहरु नपुगेको स्थानमा तत्काल सामान पठाउनेछ ।”
शुक्रराज अस्पतालका टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्स लगायत अग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउए । उनले भने, “अस्पतालले संक्रमितहरुलाई स्वास्थ्य किट उपलब्ध गराउन कडा परिश्रम गर्दै आइरहेको छ र प्राप्त सामग्रीहरु हामीहरुका लागि पनि निश्चय नै उपयोगी हुनेछन् ।”
“नेपाल रेडक्रस र द कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास हो” नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताए । रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदि जस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अतिआवश्यक सुरक्षा सामग्रीहरुको ठूलो महत्व छ । उपकरणहरूसँगै प्रयोग विधिहरु सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यस क्रम माबन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने छ ।”
मुलुक र नागरिकहरुलाई सुरक्षित राख्नअथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपतकालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराउन नेपाल रेडक्रस लगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशीलागेको छ, कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.