बीमकले समर्पण मूल्य र बीमालेख धितो राखि लिने कर्जामा तोकियो अवधि

  २०७७ असार १७ गते १८:०३     विकासन्युज


काठमाडौ । बीमा समितिले बिमकहरुलाई समर्पण मूल्य र बीमालेख धितो राखी लिने ऋणको समय सीमा ताेकेकाे छ ।

समितिले बुधबाबर एक परिपत्र मार्फत बीमा कम्पनीले अधिकतम १ आर्थिक वर्षभित्र मात्र बीमालेख व्यक डेट गर्न मिल्ने जनाएको छ । तर एकल बीमाशूल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखहरुमा भने व्याक डेट गर्न नपाइने समितिले जनाएकाे छ ।

यस्तै, बीमालेख अन्तर्गत  समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा समितिले जनाएको छ ।

यस्तै, एकल बीमाशूल्कको भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मिति को १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न मिल्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले परिपत्र मार्फत जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.