एनएमबि बैंक र आइएफसीबीच कर्जा सम्झौतामा हस्ताक्षर

  २०७७ असार १७ गते १७:२७     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) संग पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेकाे छ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आइएफसी बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको हाे ।

याे सँगै एनएमबि दुई बर्षको अवधिमा बाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी.र क्ष्ँऋ का एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ श्री सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको छ ।

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेेछ ।

अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.