नेपालमा थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे

  २०७७ असार १७ गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ८२ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ८६ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ४६ सय ५६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३० जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ३३ हजार २ सय २७ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर ४८ हजार ३ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३ सय ६० जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.