यातायात व्यवसायीलाई राहत, गरिमा विकास बैंकले दिने भयाे एक महिनाको व्याज छुट

  २०७७ असार १७ गते १५:५२     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले यातायात व्यवसायीले लिएको कर्जामा एक महिनाको व्याज छुट दिएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै ‘हायर पर्चेज’ कर्जा लिएका ग्राहकलाई एक महिनाको व्याज छुट दिने भएको हो ।

कोरोना भाइरसको कारण सरकारले गरेकाे लकडाउनमा ग्यारेजमै थन्किएका यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन नहुँदा आर्थिक समस्या परेका व्यवसायीहरुलाई राहत स्वरुप बैंकले सो व्यवस्था गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकले निर्देशन गरेको दुई प्रतिशत बिन्दु व्याज छुट दिएको बताउँदै ग्राहकमा परेको समस्यालाई मध्यनजर गर्दै असार महिनाको व्याज छुट दिने भएको हो ।

विकास बैंकले सवारी साधन समेत धितो राखेका यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन(बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको ‘हायर पर्चेज’ शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही(ऋणी)हरुलाई असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरेको छ ।

उक्त सेवाग्राहीहरुले असार मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.