सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ९१ हजार ७ सयमा कारोबार

  २०७७ असार १७ गते ११:४७     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।
मंगलबार सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

भने चाँदी प्रतितोलामा १५ रुपैयाँ बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.