कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

  २०७७ असार १७ गते १०:५३     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६३ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो।

बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी छन्त्याल प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन्।