कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

  २०७७ असार १७ गते ८:५९     विकासन्युज

काठमाडौं। बुधबार कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

कतारस्थित नेपाली दुतावासले  दिएको जानकारी अनुसार पहिलो चरणको उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो ।

कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण हुन्छ । कतारस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीलाई विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका नेपालीहरुलाई स्वदेश लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.