अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित थपिने चेतावनी

  २०७७ असार १७ गते ८:०८     विकासन्युज

काठमाडाैं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा एन्थोनी फाउचीले बताएका छन् । विशेषज्ञसमेत रहेका फाउचीले आगामी दिनमा अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् ।

पछिल्लो समय अमेरिकामा प्रत्येक दिन करिब ४० हजार जनामा कोरोना पुष्टि हुँदै आएको छ । ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन’ फाउचीले भने ।

मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब अवस्था आउने फाउचीको भनाइ छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो ।

वल्डोमिटरका तथ्यांक अनुसार अमेरिकामा हालसम्म अमेरिकामा २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ ।  त्यस्तै ११ लाख ४३ हजारभन्दा बढी उपचार पछि निको भएका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजारभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.