हीरा तथा सुनचाँदीका गरगहनाको परिक्षण तालिम संचालन

  २०७७ असार १७ गते ७:४१     विकासन्युज

काठमाडाैं ।  नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम प्रारम्भ भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित छन् ।

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख शम्भुप्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गरे । सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताए । साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सो अवसरमा स्वागत मंतव्य व्यक्त गर्दै प्रमुख भन्सार अधिकृत कर्णप्रसाद तिमिल्सिनाले यस प्रशिक्षणको महत्व बारे प्रकाश पारे।

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायीलाई पनि सहज हुने भंसार कार्यालय जस्तो एक्पँट्को एन्ट्रन्स् र इक्स्पँट्को एग्जिट्को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पुर्याउने अपेक्षा गरिएको बताए ।

साथै उनले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउँदै महासंघका प्रदेश र जिल्ला संघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने जानकारी दिए ।

नेपाल सरकार, अर्थमंन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रति आभार व्यक्त गरे । सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्धबहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताए ।