२०७७ असार १७ गते ७:०६ विकासन्युज
काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् ।
इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो । साे विष्फाेटनमा मृत्यु हुने अधिकांश महिलाहरू रहेका छन् ।
विष्फोटपछि क्लिनिकमा आगो लागेर आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले जनाएकाे छ ।
यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.