विश्वमा १ करोड ५ लाखभन्दा बढी कोरोना संक्रमित

  २०७७ असार १७ गते ६:३५     विकासन्युज

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८३ हजार ९ सय पुगेको छ । नेपाली समय अनुसार बुधबार विहान साढे ६बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ जना रहेको छ ।  त्यस्तै ५७ लाख ९४ हजार ४ सय ८९ जना उपचार पछि निको भएका छन् ।

सबैभन्दा बढी २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित अमेरिका रहेका छन् । भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ९५ रहेका छन् भने १७ हजार ४ सय १० जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार १ सय ९४ जना उपचार पछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.