२०७७ असार १६ गते २१:५१ विकासन्युज
काठमाडौं । मंगलबार काठमाडाैंङ्काे आकाशमा घुमेका कतिपय सलह किरा कागका आहार बनेका छन् । बादल लागेको आकाशमा एकाएक देखिएका सलह कीराहरु उड्न थालेपछि कागकाे संख्या पनि आकाशमा बढेकाे थियाे ।
एकाएक आकाशमा बढेका सलह कीरासँगै देखिएका कागहरुका लागि धेरै सलह कीरा आहार बने । भारत हुँदै नेपाल प्रवेश गरेको सलह कीरा मंगलबार काठमाडौं उपत्यकामा प्रवेश गरेको छ। बाराबाट टुक्रिएको सलह कीराको एउटा समूह मकवानपुर हुँदै काठमाडौं उपत्यका प्रवेश जानकारहरुकाे भनाई छ ।
उपत्यका प्रवेश गरेसँगै नाङ्गढुंगा र नागार्जुन क्षेत्रमा स्थानीयहरुले देखेपछि थाल र शंख बजाएका थिए । भने विभिन्न ठाउँबाट सलह कीरा हेर्ने मानिसकाे संख्या पनि बढेकाे थियाे । उनीहरुले आ-आफ्नो घरको छतमा गएर थाल र शंख बजाउँदै सलह भगाउने प्रयास गरेका थिए ।
सलहको समूह भने नागढुंगा हुँदै स्वयम्भू हुँदै एक हूल ललितपुर प्रवेश गरेको छ भने अर्को समूह सिन्धुली हुँदै आइतबार नै सिन्धुली हुँदै काठमाडौं प्रवेश गरिसकेको छ।
सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि कागहरुको आक्रमण पछि केही भुईमा झरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.