सलहले ढाकियाे काठमाडाैंकाे आकाश

  २०७७ असार १६ गते १८:११     विकासन्युज

काठमाडौं  ।  काठमाडौंको आकाशलाई सलह भरिभराउ देखिएकाे छ ।  मंगलबार साँझ ठूलाे मात्रामा सलह काठमाडौं उपत्यकाकाे आकाशमा देखिएको हो ।

काठमाडौंको बागबजार भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको छ । ठूलाे मात्रामा सलहकाे झुण्ड देखिएसँगै काठमाडाैंवासी त्रसित बनेका छन् ।

मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न पहाडी जिल्ला हुँदै काठमाडौं उपत्यकामा पनि प्रवेश गरेको छ ।

सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन् । तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.