मञ्जुश्री फाइनान्सको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल नियुक्त

  २०७७ असार १६ गते १६:३७     विकासन्युज


काठमाडौं । मञ्जुश्री फाइनान्सको ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

फाइनान्सले १०.५ प्रतिशत ब्याज दरमा ८ वर्षे अवधिको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

चुक्ता पुँजी ८१ करोड ८१ लाख रुपैयाँ र १९ करोड ७२ लाख रुपैयाँ संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पुँजीबाट संस्थाको थप व्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ । २०७६ चैतसम्म यस संस्थाले ८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाइनान्सले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.