नेपालमा थप ३ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय नाघ्याे

  २०७७ असार १६ गते १६:३३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार ५ सय ६४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ९४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख २८ हजार ३ सय ४१ काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर ५३ हजार ७० जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ३ सय ४१ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.