बेलायती सरकारले लकडाउन नियमहरू कडा बनायो

  २०७७ असार १६ गते ७:२३     विकासन्युज

काठमाडौं । बेलायतको लेस्टर शहरमा कोरोना भाइरसका घटना बढेपछि बेलायती सरकारले उक्त शहरमा स्थानीय लकडाउनको नियम कडा पार्ने घोषणा गरेकाे छ ।

संक्रमणको प्रसारको गतिलाई ध्यानमा राख्दै सरकारले यस शहरमा नयाँ प्रतिबन्धहरू लगाएको छ । यसको मतलब यो हो कि अब यस शहरमा पब, रेस्टुरेन्ट, र नाई पसलहरू आदि खोल्नको लागि यसले समय लिन सक्दछ ।

हालसम्म बेलायतमा ३ लाख ११ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ४३ हजार ५ सय ७५ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टा यता ८ जनाभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् भने २५ जनाभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.