लकडाउन साउन ७ गतेसम्म, काठमाडाैं प्रवेशमा कडाई

  २०७७ असार १५ गते २१:४९     विकासन्युज

काठमाडाैं । सरकारले अहिलेकै जस्तो लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको बताइएकाे हाे ।

यस्तै, सरकारले काठमाडाैं प्रवेशमा पनि कडाई गर्ने भएकाे छ । उपत्यका बाहिरबाट आउनले अब अनिवार्य होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार  स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको बताइएकाे हाे ।

स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । याे हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।

त्यसैगरी विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्नुका साथै बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ ।

One comment on "लकडाउन साउन ७ गतेसम्म, काठमाडाैं प्रवेशमा कडाई"

  • Amar Shah says:

    Kathmandu ma jagir cha ra tyaha aafno koi pani chhaina vane birgunj bata kathmandu kasari jane. Uta ko wada bata sifaris kasari lyaune ra kasari pass banaune hola.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.