नेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काठमाडौंको काँडाघारीमा

  २०७७ असार १५ गते १९:२८     विकासन्युज


काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । यस बैंकले असार १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका हुन् ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.