राष्ट्रिय वाणिज्य बैंकको कर्जा जोखिम न्यून, पायो ए प्लस रेटिङ्गस

  २०७७ असार १५ गते १८:१०     विकासन्युज


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गस नेपालद्वारा केयर ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । जसले बैंकको कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी ५ अर्ब चार करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको र आर्थिक वर्ष २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.