अनलाइन व्यापार नियमन गर्ने नयाँ कानून बन्दै

  २०७७ असार १५ गते १६:५१     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदै गएको छ । तर त्यो अनलाइन मार्फत हुने कारोबारलाई नियमा गर्ने कानून नै छैन् । तर सरकारले अब अनलाइन व्यापारलाई नियमन गर्न कानून निर्माणका लागि मस्यौदा निमार्ण गरेको छ ।

नेपालमा दर्ता भएर सञ्चालन भएका करिब १ सय ५० वटा अनलाइन व्यापार कम्पनी छन्। तर कति वटा कम्पनीले अनलाइन व्यापार गरेका छन् भनेर बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई नै थाहा छैन् ।

लकडाउन सुरु भए पछि अनलाइन व्यापार बढेको छ । अनलाइन व्यापार बढेसँगै उपभोक्ताले पनि ठगिएको भने उजुरु दिनेहरु संख्या वृद्धि हुदै गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । बिनादर्ता अनलाईनमार्फत वस्तुको मार्केटिङ गर्न थालेपछि यसलाई नियमन गर्न कानून बनाउन लागिएको हो ।

विभागले कानूनको मस्याैदा तयारी गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल ‘ई बिजनेश ल’ को मस्याैदादा कानून निर्माणका लागि पठाएको सुवेदीले बताए ।
कनून निर्माण भएर आउने ३/४ महिना लागने छ । मन्त्रालय मार्फत उक्त मस्र्यौदा संसदमा पठाउने छ र त्यस पछि कानून बनेर आउने छ ।

हाल अनलाईन व्यापारीका लागि भनेर निश्चित कानून छैन । अनलाइन व्यापार गर्ने कम्पनी उद्योग विभाग र वाणिज्य विभागमा दर्ता हुदै आहिरहेका थिए । तर कानूनले यसलाई प्रष्ट बनाउने छ ।

कानून निर्माण भए पछि अनलाइन व्यापारीलाइ पनि सहज हुने छ । विना दर्ता अनलाइन व्यापार गर्न पाइने छैन् । अहिले प्रभावकारी कानून नभएको कारणले विना दर्ता अनलाइन व्यापार गर्ने ट्रेन्ड नै चलेको छ । अनलाईनबाट होम डेलिभरी गर्न सकिदो रहेछ भनेर सबै किसिमको अनलाईन व्यवासाय सुरु गर्ने भएको छ । तर कानून निर्माण भए पछि सबै नियमन हुने सुवेदीले बताए ।

कानून निर्माण भए पछि उपभोक्ता र उत्पादकसँग सम्वन्धित अनलाईनमार्फत हुने बजारका धेरै कुराहरु कानूनले निर्देशन गर्नेछ । सूचना प्रविधिको प्रयोगसँगै मानिसले बस्तु किन्ने प्रक्रिया नि परिवर्तन हुदै गएको छ । उपभोक्ताले आफुलाई आवश्यक पर्ने बस्तु अनलाईनमार्फत नै अर्डर गर्ने ट्रेन्ड बढेको छ । विस्तरै अनलाइन मार्फत व्यापार गर्ने कारोबारी बढिरहेका छन् ।

अहिले १५० वटा अनलाइन व्यापार कम्पनीहरुले सेवा दिइरहेका छन् । ती अनलाइनले दिएको वस्तुको गुणस्तर, मुल्य र दर्ता भए नभएको लगायतका प्रश्न उठ्दै आएका छन् । केही अनलाइनहरुले आफुखुसी मूल्य राखेर बस्तुको विक्री गर्ने गरेका छन् ।  अनलाइन विक्रेता कम्पनीहरुले बिक्री गरेको बस्तुमा मूल्यमा ठगेको र गुणस्तर कम भएको भनेर उजुरी पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.