बरुण हाइड्रोपावरको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

  २०७७ असार १५ गते १६:२४     विकासन्युज

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । हाइड्रोपावरकाे सेयर रजिष्ट्रारको सम्पूर्ण कार्य गर्नको लागि दुई संस्थाबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको हाे ।

उक्त सम्झौता-पत्रमा बरुण हाइड्रोपावरको तर्फबाट व्यवस्थापक विकास गिरी र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

आरबीबी मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.