अर्थमन्त्रीलाई रेमिट्यान्सको चिन्ता, भन्छन्ः अन्तर्राष्ट्रिय श्रम बजार खुल्यो, युवा विदेश पठाउँछौं

  २०७७ असार १५ गते १३:३६     विकासन्युज

काठमाडौं । सरकारले युवालाई देशमै स्वरोजगार बनाउनु पर्छ भनिरहँदा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा भने युवालाई विदेश पठाएर उल्लेख्य रेमिट्यान्स भित्र्याउने सोचमा देखिएका छन् । कोरोना भाइरसको कारण संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थानका लागि विदेशबाट रेमिट्यान्स भित्र्याउनु पर्ने उनको धारणा छ ।

सोमबार नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय श्रम बजार क्रमशः खोल्दै गएकोले युवाहरुलाई विदेश जान प्रोहत्साहन गरेर विप्रेषण भित्र्याउनु पर्ने धारणा राखेका छन् ।

‘हामीलाई लकडाउनपछि अन्तर्राष्ट्रिय श्रम बजार के होला, विप्रेषणको स्थिती के होला, विप्रेषण आएन भने बैंकिङ क्षेत्रको तरलता के होला /र विदेशी मुद्रा सञ्चितीकाे स्थिती के होला भन्ने चिन्त थियो, अहिले क्रमशः अन्तर्राष्ट्रिय श्रम बजार पनि खोलिँदै गएका छन्, रेमिट्यान्समा खासै असर गर्दैन,’ उनले भने ।

उनले युवाहरु पनि पछिल्लो समय विदेश जान इच्छुक भएकोले त्यसमा आफुहरुले प्रोत्साहन गर्ने बताए । कोरोना भाइरसको कारण आर्थिक वृद्धि संकुचित भएको तर लकडाउन खुकुलो बनेसँगै केही आर्थिक गतिविधी पनि बढ्दै गएसँगै त्यति समस्या नहुने उनको भनाई छ ।

अहिले आर्थिक गतिविधी पनि बढाउँदै गएकोले केही सहज भएको बताए । ‘जति मानिस बाहिरबाट नेपालमा आउँन्छन् त्यो संख्या अहिले कम भएको छ, औसतभन्दा बढी रेमिट्यान्स हामीले पनि प्राप्त गरिरहेका छौ, यसको राम्रो असर बैंकिङ क्षेत्रको तरलतामा छ,’ उनले भने ।

उनले अहिले बैंकिङ तरलता राम्रो भएकोले बैंकहरुको कर्जा निक्षेप अनुपात उल्लेख्य रुपमा घटेको बताए । यसले बैंकहरु थप लगानी गर्न तयार भएको उनको धारणा छ । बै‌कले कर्जाकाे व्याजदर पनि घटाउँदै जाने उनकाे भनाई छ ।

असार १ देखि लकडाउन खुकुलो पार्दा अर्थतन्त्रले ८० प्रतिशत लय समातेको उनको दाबी छ। लकडाउन खुकुलो पार्दा भन्सार महसुल र आन्तरिक राजस्व संकलनको गति बढेको बताए।  साथै उनले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.