सुनको मूल्य फेरि बढ्यो

  २०७७ असार १४ गते ११:२१     विकासन्युज

काठमाडौँ । सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.