२०७७ असार १३ गते २१:४४ सुशिल घिमिरे ‘त्रैलोक्य’
पाठक सर
के मलाई चिन्नु भो ?
म तपाईंको विद्यार्थी
के छ खवर ?
तपाईंलाई थाहा छ ?
तपाईंले दिनुभएको डिग्रीको सर्टिफिकेट
कतै काम लागेन नि !
तपाईंले पढाएको पाठ
कक्षा कोठा बाहिर निस्किन नपाउँदै
झुटो हुन्छ नि !
जमाना बदलिएको छ पाठक सर
बाहिर हेर्नुस् त
किन बदलिनु हुन्न तपाईं
आजकल पनि
मेरो जीवनसँग फिटिक्कै
मेल नखाने अंक गणितनै
कति सजिलै
पढाइरहनु भएको छ है…
संस्कृत हटाएर
अंग्रेजी मात्र पढाइरहनु भएको छ है…
नैतिक शिक्षा किन पढाउनु हुन्न ?
आफ्नै देशको भुगोल बिर्साएर
लिम्पियाधुरा, कालापानी र लिपुलेक बिनाको
नक्शा किन कोर्न लगाउनु हुन्छ विद्यार्थीलाई हँ ?
अनि त्यस्तो नक्सामा
किन पूरा नम्बर दिनुहुन्छ हँ ?
भो आफ्नै देशको भुगोल बिर्सिएर
तपाईंको सर्टिफिकेट चाहिएन
तपाईं बुढो हुनु भो
अवकाश लिनुस्
कि बन्द गर्नुस्
साना–साना नानीहरुलाई
गलत शिक्षा दिन…
ghimiresushil38@gmail.com
Copyright © 2024 Bikash Media Pvt. Ltd.