फोर्डकाे गाडी किन्दा ग्राहकलाई १० वर्षको फाइनान्स सुविधा

  २०७७ असार १२ गते २१:५६     विकासन्युज

काठमाडौं । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बिएससिक्स कम्प्लेन्ट फोर्ड २०२० विशेष अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३०% डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा पाउनेछन् ।

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने कम्पनिले बताएको छ ।

जि.ओ अटोमोवाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सक्नेछन् । ग्राहकले सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन मार्फत सबै वुझ्न सक्नुकाे साथै आफ्नो रोजाईको गाडी किन्न गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.