‘सेलपे खेती’ अफरको लागि सेलपे सेवा र खेती फुडबीच सम्झौता

  २०७७ असार १२ गते १८:३०     विकासन्युज

काठमाडौं । सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्श प्लेट्फार्म खेती फुडसँग सम्झौता गरेको छ । सेलपेले सेलपे खेती अफरको लागि खेती फुडसँग सम्झौता गरेको हो ।

यो अफर असार ११ गते देखि सुरु भएको छ । जस अन्तर्गत ग्राहकहरुले खेती एप्प वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै एक हजार रुपैयाँभन्दा माथि रकमको सामानको खरिदमा १ किलो टमाटर सितैमा पाउने छन् ।

सेलपे खेती अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्ने छ । ‘पे भिया सेलपे’ मा ट्याप गरि आफ्नो सेलपे युजरनेम र पासवर्ड राखी बैंक छनौट गरेर भुक्तानी गर्न सकिनेछ ।

यो अफरको लाभ लिनको लागि आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.