मोटरहेडकाे नयाँ स्किमः जुनसुकै मोडल किन्दा शतप्रतिशत कर छुट, कोरोना बीमा पनि गराउने

  २०७७ असार १२ गते १८:०९     विकासन्युज

काठमाडौं । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम ल्याएकाे छ ।

मोटरहेड ब्रान्डका डर्ट, स्क्र्याम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आइरहेको उक्त कम्पनीले कोभिड-१९ ले भित्र्याएको अहिलेको असहज परिस्थितिमा केही हदसम्म आफ्ना ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिन उक्त अफर ल्याएको हो ।

कम्पनीले आफ्नो ५ मोडल टेक्कन २५०, एमएच २००एक्स, स्पोर्ट्स २५० (रोड भर्सन), स्पोर्ट्स २५० (अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन) मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच १५०आर (स्ट्रिट भर्सन) र स्क्र्याम्बलर (स्ट्रिट भर्सन) मा २० हजारसम्म छुटको व्यवस्था गरेको छ ।

यी फ्ल्याट डिस्काउन्ट बाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बीमाको साथ खरिदकर्ताको फ्रि कोभिड बीमा पनि गराउने छ ।

परिस्थिति जस्तो सुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफरमार्फत ग्राहकको चाहनालाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ । नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । सो अफर यही असार १२ देखि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.