काठमाडौं महानगरपालिकाका कर्मचारीको जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा

  २०७७ असार १२ गते ८:५४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा हुने भएको छ । जसको लागि महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको हाे ।

उक्त सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको बताए ।

संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमाललेसंस्थान समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.