लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालकमा रेग्मी र बैकल्पिक सञ्चालकमा ढकाल नियुक्त

  २०७७ असार ११ गते १५:५९     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी नियुक्त भएका छन् । त्यस्तै, बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त भएका छन् ।

यसअघि कम्पनीको संस्थापक सेयरधनीहरुको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व रहेको लुम्बिनी विकास बैंकको तर्फबाट गणेश राज रेग्मीले प्रतिनिधित्व गर्दै आएका थिए । उनको सट्टामा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई बैकल्पिक सञ्चालकमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.