होटल व्यवसायीका मागः लकडाउन अवधिभर घर भाडा पूर्ण छुट, एक वर्षसम्म सबै कर मिनाहा, ऋण तिर्ने समय २ वर्ष सार्नुपर्ने

  २०७७ असार ११ गते १४:२८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको कारण होटल व्यवसायी चौपट नै भएको भन्दै होटल व्यवसायी महासंघले १४ बुँदे माग राखेका छन् । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिड–१९ का कारण धेरै होटलहरु बन्द गर्नुपर्ने बाध्यता आएको भन्दै सरकार समक्ष विभिन्न १४ वटा मागहरु राखेको हो ।

होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् ।

यस्तै, विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्नुपर्ने, व्यवसायीहरुले संघ, प्रदेश र स्थानीय गरि तीनवटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउने लागायतका मागहरु राखेका छन् ।

लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एक वर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने महासंघका माग छन् ।

महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने पनि चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.