१ सय ५८ नेपाली कतारबाट स्वदेश फर्किए

  २०७७ असार ११ गते १२:००     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको कारण कतारमा अलपत्र परेका १ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् ।

हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन् ।

दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो ।

दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु विदाइका लागि विमानस्थलमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.