डरभन्दा पनि अर्थव्यवस्थामा अधिक असर – आईएमएफ

  २०७७ असार ११ गते ७:०६     विकासन्युज

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोनाको कारण विश्व अर्थव्यवस्थामा शुरूमा अनुमान गरिएको भन्दा अधिक असर पर्दै गएकाे बताएकाे छ ।

आईएमएफले यस वर्ष विश्वभरि आर्थिक गतिविधिमा १० प्रतिशतको कमी आएको जानकारी दिएकाे छ । अप्रिलमा नै भनिएको थियो कि विश्व अर्थतन्त्रमा ५ प्रतिशतको कमी हुन सक्छ ।

तर लकडाउनकाे प्रभावका कारण विश्वव्यापी अर्थवजार यसको शिकार भइरहेका छन् । आर्थिक संवाददाता एन्ड्र्यू वाकरका अनुसार मानिसहरू प्रायः परिवारको सहयोग लिन्छन् वा खर्च बढाउँदा बचत गर्न थाल्छन् । यस कारणले गर्दा त्यहाँको खर्चमा कमी आएको छ तर ती मामूली भने छन् ।

महामारीकाे रूपमा फैलिएकाे कोरोना र त्यसपछि सामाजिक दूरीको कारण लकडाउन, मानिसहरू यस भाइरसबाट आफूलाई जोगाउन बाहिर जाँदै छैनन् । यस कारणले गर्दा मानिसहरुको मागमा उल्लेख्य गिरावट आएको छ, जसको प्रत्येक्ष प्रभाव अर्थतन्त्रमा पर्दछ ।   (बीबीसीकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.