एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद सेयरको बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

  २०७७ असार ९ गते १३:४९     विकासन्युज


काठमाडौं । लकडाउनका कारण स्थगित भएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरको पुनः आज(असार ९ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यसअघि कम्पनीले २०७६ फागुन ११ गतेदेखि चैत १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । तर त्यसपछि लकडाउन भएसँगै कम्पनीको सेयर निष्काशन पनि स्थगित भएको थियो ।

हाल सबै कार्यालयहरु खुला भएसँगै कम्पनीले स्थगित रहेको हकप्रद सेयरको पुनः बिक्री शुरु गरेको छ । यससँगै इच्छुक सेयरधनीले असार ९ गतेदेखि आगामी असार २५ गतेसम्म(बैंकिङ्ग समयभित्र) आवेदन दिन सक्नेछन् ।

उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत उक्त मितिसम्ममा आवेदन दिन सक्ने कम्पनीका बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.