लकडाउन: कालीमाटी तरकारी बजारको यस्तो छ अवस्था

  २०७७ असार ९ गते ८:५१     विकासन्युज

काठमाडौं । सरकारले लकडाउन गरेसँगै तरकारीको मूल्यमा भने कमी आएको छ । कालीमाटी तरकारी बजारमा न्युन मूल्यमा तरकारी बिक्री भएसँगै किसानले उत्पादन गरेको तरकारीको बजार पाएका छैन ।

लकडाउनकै कारण उपत्यकामा कम तरकारीको खपत भएसँगै मूल्यमा कमी भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

विश्वका २ सय १५ देशमा फैलिएको कोरोना भाइरसका कारण करिब ३ महिना देखि लकडाउनको भार सबै नेपालीले खेपिरहेका छन् । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरसले विश्वको बजारलाई नै असर पारेको यो समयमा नेपाल त्यसबाट अछुत भने छैन ।

दैनिक ५ सय मेट्रिक टन तरकारी काठमाडौं बाहिरबाट आउने गरेको छ भने प्याज, फलफूल, कागती भने भारतबाट नै आइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

लकडाउनकाे अवस्थामा विश्व स्वास्थ्य संगठनकाे मापदण्ड अनुसारकाे वातावरण सिर्जना गरेर किनबेच गर्न सक्ने अवस्था कालीमाटी तरकारी बजारमा छैन् । विहान र बेलुकी धेरै चहलपह हुने साे तरकारी बजारमा उपत्यकाकाे प्रमुख हाेलसेल तरकारी बजार हाे ।

यस्ताे छ तरकारीकाे मूल्य :
हाल कालीमाटी तरकारी बजारमा सानो गोलभेडाको प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म रहेको छ ।  सानो गोलभेडा प्रतिकेजी २७ देखि ३२ रुपैयाँसम्म, आलु प्रतिकेजी ३२ रुपैयाँ, सुकेको भारतिय प्याज प्रतिकेजी २९ रुपैयाँ, काउली प्रतिकेजी ३० देखि ३२ रुपैयाँसम्म, मूला प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म, बन्दा १० देखि १५ रुपैयाँ, गाजर प्रतिकेजी ४५ रुपैयाँ, सिमी प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म, बोडी (तने) प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म, साग (सबै प्रकारका) प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म, तितो करेला प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म, च्याउ प्रतिकेजी १ सय ४० देखि १ सय ५० रुपैयाँसम्म, कुरीलो प्रतिकेजी २ सय ५५ रुपैयाँ, न्यूरो प्रतिकेजी १ सय ५ रुपैयाँ, अदुवा प्रतिकेजी १ सय २५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी २ सय ९० देखि ३ सय रुपैयाँसम्म, काँचो कटहर प्रतिकेजी २५ देखि ३० रुपैयाँ, नेपाली सुकेको लसुन प्रतिकेजी १ सय २५ रुपैयाँ, कागती प्रतिकेजी १ सय ५ रुपैयाँ, गुन्दूक प्रतिकेजी २ सय ९० देखि ३ सय रुपैयाँसम्म रहेको छ ।

सम्बन्धित समाचार :

लकडाउन : कालिमाटी तरकारी बजारकाे मूल्य देखियाे यस्तो अन्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.