जुम्लामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

  २०७७ असार ८ गते २१:०८     विकासन्युज

खलङ्गा । जिल्लाका दुई स्थानीय तहमा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । यहाँको कनकासुन्दरी गाउँपालिका– २ घोडामौलामा १० मेगावाट र हिमा गाउँपालिकाको हिमा नदीबाट १० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

उनले भने, “आयोजना अध्ययनका लागि सङ्घीय सरकारले रु २९ लाख पाँच हजार बजेट विनियोजना गरेको छ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।”

आगामी आर्थिक वर्ष २०७७÷७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.