असार १० गतेपछि लकडाउन कडा हुन्छ ? यस्तो भन्छन् उपप्रधानमन्त्री पोखरेल

  २०७७ असार ८ गते १८:१३     विकासन्युज

काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ । तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने कुरा हल्ला मात्र भएको बताएका छन् ।  उनले जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए ।

उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.