बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी भुक्तानी

  २०७७ असार ८ गते १७:०२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सुपर तलब खाता अन्तर्गत सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्युको बीमा दाबी रकम भुक्तानी गरेको छ । नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा बैंकले उक्त रकम भुक्तानी गरेको हो ।

निधनपश्चात् मृतक सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

बैंकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उक्त तलब खातामा रहेको बीमा सुबिधा उपलब्ध गराउँदै आएको छ । बैंकले बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा दिँदै आईरहेको छ ।

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डूको हेटौंडा शाखामा विगत केही समयदेखि संचालन गर्दै आईरहेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.