प्रविधि विकासमा आक्रामक बन्दै कृषि विकास बैंक, अब अनलाईनबाटै खाता खोल्न सकिने

  २०७७ असार ८ गते १६:३२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न आक्रामक रुपमा प्रस्तुत हुँदै गएको छ । प्रविधिमा जोड दिँदै बैंकले अब अनलाईनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने प्रणाली सुरु गरेको छ ।

बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउँदै बैकिङ्ग कारोवारको दायरा फराकिलो बनाउन विद्युतीय उपकरणको प्रयोग गरी उक्त प्रणालीको शुरु गरेको हो । साथै, प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न सो सुविधा ल्याएको बैंकले जनाएको छ ।

उक्त प्रणालीको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरेका हुन् ।

अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्दछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरिकले आफ्नै घर/कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ ।

खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको छ । उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले बताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.