प्रिमियम तिर्न ढिला भएपनि सिटिजन लाइफ इन्स्योरेन्सले जरिवाना नलिने

  २०७७ असार ८ गते १५:५१     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्न ढिला भएमा जरिवाना नलिने भएको छ । कम्पनीले असार २१ गतेसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भए वापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठयारो परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट दिने भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेख मध्ये २०७७ साल आषाढ ६ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका सबै बीमालेखहरु २०७७ साल असार २१ गतेसम्म पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्क पूर्ण रुपमा छुट दिएको जानकारी गराएको छ ।

यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ ।

देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने हुँदा यस विषम परिस्थितीमा ग्राहकलाई विलम्ब शुल्कमा पुरै छुटको सुविधा दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.